अवलोकनका लागि नवलपुर फलाम खानी जाने तयारीमा ओली

11.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

चितवन : १०औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवलपुरको धौवादीस्थित फलाम खानी जाने तयारी गरेका छन् । 

राती अबेरसम्म केन्द्रीय कमिटीको सपथ ग्रहण र बैठक सकेपछि नवालपुरका संघीय सांसद एवं केन्द्रीय सदस्य तिलक महतलाई ओलीले धौबादी जाने इच्छा व्यक्त गरेका थिए।

महतका अनुसार धौबादी जाने सडक मार्ग बर्खामा ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएकोले हाल त्यसको अवस्था के छ भन्ने कुरा सडक विभाग र प्रहरीले जानकारी लिने काम बिहानै देखि गरिरहेका छन् । ‘सडकको अवस्था बुझ्दैछौं,’ महतले भने, ‘अध्यक्षज्यूले फलाम खानी क्षेत्र हेर्न जानु भन्नुभएको छ । सकेसम्म हामी लैजाने तयारी गर्दैर्छौं ।’

ओली पहिलो पटक प्रधानमन्त्री भएकै बेला धौवादी फलाम खानी उत्खननको घोषणा गरेका थिए। उनी दोस्रो पटक प्रधानमन्त्री भएपछि धौबादी फलाम कारखाना लिमिटेड गठन गरेका थिए।

ताजा अपडेट
सम्बन्धित समाचार