काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकि छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश, २०७८ जारी गरेकि हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्पतिमा उल्लेख छ।