विराटनगर: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो २ बजे सुरु हुने भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार दिउँसो २ बजेदेखि मतगणना सुरु गर्न लागेको हो ।
उम्मेदवारहरुले प्रतिनिधि पठाउन ढिलाइ गरेका कारण गणना सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।
शनिबार बिहान ८ बजे गर्ने भनिएको मतदान अपराह्न २स्१५ देखि सुरु भई राति ८ बजे मात्रै सकिएको थियो ।