राप्रपा अध्यक्ष पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा किन गएनन् थापा? यस्तो छ कारण 

8.3k Shares

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनबाट निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा अनुपस्थित रहेका छन् ।  कार्यक्रम प्रज्ञा प्रतिष्ठानको भवनमा भएको हो ।

आइतबार आएको मतपरिणाममा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी भएका थिए । पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी भने उपस्थित छन् । निर्वाचनमा जबराले थापालाई र लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार