काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा केही दिनको अनुपस्थितिपछि आइतवार सर्वोच्च अदालत गएका छन् ।
शुक्रवार कोरोना नेगेटिभ आएपछि सशस्त्र प्रहरी बलको एपीएफ अस्पतालबाट निवास फर्किएका राणा आइतवार कार्यालयमा उपस्थित भएका हुन् । राणा अस्पताल भर्ना हुनेबित्तिकै सर्वोच्चमा कार्यबाहक प्रधान न्यायाधीश तोक्न आन्दोलनरत बार एशोशिएशनले दवाव दिएपछि राणाले शुक्रवार निवासबाटै काम गरेका थिए ।
सर्वोच्च अदालतको फूल कोर्ट बैठकको निर्णय अनुसार गएको १५ गतेबाट नै मुद्धाको पेशी गोलाप्रथाका आधारमा तोक्न शुरु गरिएको छ । तर संशोधित नियमावलीमा यसरी गोलाप्रथाद्वारा छानिने मुद्धाको इजलाश र पेशी ब्यवस्थापन गर्न गठित निर्देशक समितिको अध्यक्षता प्रधान न्यायाधीशले नै गर्ने ब्यवस्था छ ।