अहिले ताजा जनादेशको आवश्यता छ : महासेठ

10.3k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेकपा एमालेका पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको अभिव्यक्ति दिएका छन् । उनले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिए ।

आज (आईतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अहिले ताजा जनादेशको आवश्यता रहेको बताएका छन् । उनले भने,‘अहिले देशमा अपवित्र गठबन्धनको सरकार छ । यो सरकार दिशाहिन तरिकाले अघि बढिरहेको छ । यो सरकारले अहिलेसम्म कुनैपनि क्षेत्रमा उपलब्धि हाँसिल गरेको छैन । चाहे त्यो विकासको क्षेत्र होस, वा स्वास्थ्य क्षेत्र होस, निर्माणको होस वा बजेट कार्यान्वयनको सवाल होस, अथवा विदेशी नीतिको सवाल होस, यो वर्तमान सरकार कुनैपनि क्षेत्रमा सही तवरले अघि बढेको छैन । यो सरकार असफल सरकारको रुपमा स्थापित भएको छ । यो सरकारले केही गर्न सक्दैन भनेर जनताले बझेका छन् ।’

उनले एमालेले ताजा जनादेशको माग गरेको पनि स्मरण गराए । अब देशलाई बन्धक बनाएर राख्नुभएन, नयाँ निर्वाचनतर्फ जानुपर्छ । त्यो माग हामीले गरिसकेका छौं । उनले भने । जतिसक्दो छिटो जनताको बीचमा जान सकियो, त्यो नै जनताको लागि पनि हित हुन्छ, अब निर्वाचनको विकल्प छैन् । एमाले जहिले पनि जनताको बीचमा जान तयार रहेको थियो, छ र रहनेछ । हाम्रो अध्यक्ष आदरणीय केपी शर्मा ओलीज्यूले पनि यो कुरा भन्नुभएको छ । उहाँले सत्तामा हुँदापनि यो कुरा भन्नुभएको थियो । अहिले गठबन्धनभित्रैबाट पनि निर्वाचनमा जाने विषय भएको छ ।’

ताजा अपडेट
सम्बन्धित समाचार