कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन सभापति पदमा अमरसिंह पुन विजयी

16.3k Shares
सम्बन्धित पार्टी

काठमाडौँ: नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा अमरसिंह पुन विजयी भएका छन् ।  आइतबार सम्पन्न  निर्वाचनबाट उनले  ८६७ मत प्राप्त गरेका थिए ।  उनका निकटतम प्रतिद्वन्द्वी भरतकुमार शाहले ७६७ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा बुद्धबहादुर थापाले जानकारी दिए ।  उनका अनुसार निर्वाचमा एकहजार ६३१ मत खसेको थियो ।  

 नवनिर्वाचित पुन रोल्पाका कांग्रेस नेता हुन भने शाह प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिका सभापति रहेका छन् । यसैगरी उपसभापतिद्वयमा राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्रीद्वयमा विक्रम खनाल र सुरेन्द्र आचार्य, सहमहामन्त्री त्रयमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरी  विजयी भएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार