धनगढीमाई नपामा मेयरकप क्रीकेट प्रतियोगितामा वडा नम्बर -११ ले बाजि मारे

26.7k Shares

संजय विश्वकर्मा लहान ३, माघ । सिरहाको धनगढीमाई नगरपालिकामा आज मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । शनिवार सम्पन्न फाईनल खेलमा सोहि नगरपालिकाको वडा नम्बर - ११ को टिम विजय भएको छ ।

टस जितेर पहिलो व्याटिङ रोजेको वडा नम्वर ११ ले चार विकेटको क्षतिमा २ सय ४ रनको लक्ष्य बनाएका थिए । वडा नम्बर - ११ का राकेश मण्डलले ४६ वलमा  ८५  र कुश मण्डलले  ३१ बलमा ६९  रन जोड्न सफल भएको थियो  । यी दुवै खेलाडी फाईनल खेलको सबैभन्दा बढी रन जोड्ने खेलाडी भएकोले उत्कृष्ट खेलाडी घोषणा भएको आयोजकले बताए ।  

१६ ओभरको खेलमा वडा नम्बर - ८ ले सम्पुर्ण विकेटको क्षतिमा खेलको अन्तिम सम्म १ सय १५ रन मात्र बनाई सिमित भएको थियो ।  विजयी प्रथम टिमलाई नगरपालिका प्रमुख हरिनारायण चौधरीले २५ हजार नगद , ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो भने दोस्रो हुने टिमलाई २० हजार नगद , प्रमाणपत्र र ट्रफि प्रदान गरिएको आयोजकले जनाएको छ ।

धनगढीमाई नगरपालिका स्थित निर्मल लामा कभर्ड हलको प्रांगणमा सम्पन्न प्रतियोगिताको समापन समारोहलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले खेललाई खेलाडीले निरन्तरता दिएमा  राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा आफ्नो र देशको पहिचान  दिलाउने बताए ।
खेल अनुशासन, मित्रता र एकताको भावना समेट्ने माध्यम भएकोले खेल समाज सुधारको एउटा माध्यम बन्न सक्ने भन्दै त्यसको लागि खेलाडीहरुले पनि आफूले कसको लागि र के का लागि खेल्ने हो भन्ने सदैव हेक्का राख्नुपर्ने धारणा राखेका थिए  ।  
खेलको समापन समाहरोहमा पुरानो अनुभवी नगरक्षेत्र भित्रका पुर्व ५ जना खेलाडिलाई सम्मान समेत गरिएको थियो भने प्रतियोगितामा १२ वटा वडाको सहभागिता रहेको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार