कांग्रेस केन्द्रीय सदस्यको बैठक बस्दै, यस्तो छ कार्यसूचि

11.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँ : पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदार बनाउनेबारे नेपाली कांग्रेस संस्थापनइतर पक्षमा प्रयास जारी रहेको छ । 

सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको संस्थापन इतर समूहका शीर्षनेताहरुको बैठक सकारात्मक दिशामा अघि बढेको नेताहरुको दाबी छ । यो समूहले यसबारे आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग आज थप छलफल गर्दै छ ।

बोहराटारमा सभापतिका आकांक्षीहरु पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो ।

शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज दिउँसो १ बजे सभापतिकै आकांक्षी प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बोलाइएको छ ।

दुई दिनभित्र सभापतिको साझा उम्मेदवार तय गर्ने समझदारी बनेको बताइएको छ । सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन आज बैठक बस्न लागेको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार