काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बुधबार साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । केही दिनयता छलफललाई तिव्रता दिएको संस्थापन इतर पक्षले थप छलफल गरेर आजै सभापतिको साझा उम्मदेउवार घोषणा गर्ने दाबी गरेको छ ।
आफूहरु सहमितको नजिक पुगिसेको भन्दै आजै सभापतिको साझा उम्मेदवार घोषणा गर्ने नेता धनराज गुरुङले बताएका हुन् । ‘आज सहमति गरेर सभापतिको साझा उम्मेदवार घोषणा गर्छौ’, उनले भने, ‘आज पनि सहमतिमा नपुगे त सभापतिमा उम्मेदवार नै नदिए भइहाल्यो नि !’