विराटनगरः विवेकशिल साझा पार्टी मोरङले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्णमाला पुस्तक उपहार दिएका छन् । प्रधानमन्त्री होली र उनको सल्लाहकारलाई नेपालको संविधान पढ्न नआएको भन्दै विवेकशिल साझा पार्टी मोरङले बर्णमाला बुझ्न सजिलो हुने भन्दै उक्त पुस्तक उपहार दिइएको हो ।
पार्टीका जिल्ला संयोजक अमलेश कर्णले प्रधानमन्त्री र उनका सल्लाहकारले अनपढ व्यक्ती जस्तो गरेको कार्यको विरोध गर्दै उक्त पुस्तक पढ्ने हेतुले उपहार दिइएको जानकारी दिए । उनले प्रधानमन्त्री ओलीले यो पुस्तक पढेपछि आफुले गरेको कार्य गलत भएको महसुस गर्न सक्ने भन्दै व्यंग्यात्मक जवाफ दिए ।
पार्टीले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई मार्फत वर्णमाला संगै ज्ञापन पत्र समेत पठाएको सचिव श्याम कोईराला जानकारी दिए । कोईरालाले प्रधानमन्त्रीले बनाएको अनेकन बहाना बच्चा जस्तो हर्कत भएको जिकिर गर्दै प्रधानमन्त्री जस्तो व्यक्तीले मलाई काम नै गर्न दिएन भन्नु हास्यास्पद भएको बताए ।
विवेकशिल साझा पार्टी मोरङले पठाएको ज्ञापन पत्रः