सहमहामन्त्रीमा कम्प्रमाइज गर्न शर्मालाई देउवाको प्रस्ताव 

12.3k Shares
सम्बन्धित पार्टी

काठमाडौं : महामन्त्रीमा उमेदवारी घोषणा गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई सहमहामन्त्रीमा बस्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको खुलेको छ ।

देउवा निकट एक केन्द्रीय सदस्यले अहिले बूढानीलण्ठमा सो समूहको बैठकस्थलबाट दिएको जानकारीअनुसार यसअघि पनि देउवाले शर्मालाई सहमहामन्त्रीमा उमेदवार बन्न सुझाव दिएका थिए । तर शर्मा तयार नभएको स्रोतको दाबी छ ।

“विश्वप्रकाश शर्मालाई सँगै राखेर सहमहामन्त्रीमा मनाउने उहाँले प्रयास गर्नुभएको छ,” स्रोतले भन्यो, “विश्वप्रकाश तयार हुनुभएको छैन ।” शर्मा पनि अहिले देउवा समूहको छलफलमा सहभागी छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार