नेता थापाद्धारा महामन्त्रीको उम्मेदवारी घोषणा

36.9k Shares
सम्बन्धित पार्टी

काठमाडौँ:  नेपाली काँग्रेसका नेता गगन थापा १४औं महाधिवेशनमा महामन्त्री पदका लागि प्रचारप्रसारमा व्यस्त रहेका छन् ।

काँग्रेसका भविष्य भनेर चिनिएका थापाले मंसिर २३ गते नेपाली कांग्रेस केन्द्रियस्तरको महामन्त्रीको उम्मेदवारी सम्बन्धि अवधारणा घोषणा गर्न लागेका हुन् ।

प्रज्ञा भवनमा बिभिन्न नेताहरूका साथमा दिउँसो ३ बजे हुन लागेको घोषणासभामा उपस्थितिका लागि सबै तहतप्काका काँग्रेसहरूलाइ आव्हानसमेत गरिएको छ ।

थापा संस्थापन इतरबाट महामन्त्री पदमा उम्मेदवार बन्ने करिब पक्का छ तथापि उनलाइ देशैभरका महाधिवेशन प्रतिनिधिले साझा उम्मेदवारको रूपमा हेरेको बताइन्छ ।

कांग्रेस केन्द्रीय सदस्य रहेका थापा १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । उनीसँग अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा थिए । महामन्त्रीमा विजयी भने शशांक कोइराला भएका थिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार