भारतीय पूर्वसेना रावत चढेको हेलिकप्टर दुर्घटना

10.8k Shares

भारतीय सेनाध्यक्ष विपिन रावत र उनकी पत्नीसहित १४ जना सेनाका अधिकारी चढेको हेलिकप्टर एमआई–१७ बी ५ तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ ।

दुर्घटनामा चार जनाको शव भेटिएको भारतीय संचार माध्यमले जनाएका छन् । दुर्घटनामा परेकामध्ये तीन जनालाई नजिकैको अस्पतालमा लगिएको छ । तर, उनीहरुको पहिचान खुलाइएको छैन । 

हेलिकोप्टर दुर्घटना पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक बैठक बोलाएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले वायुसेनाको हेलिकप्टर दुर्घटना हुनासाथ मोदीलाई जानकारी दिएका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार