ओली गुटको नेताको गुण्डागर्दीः समाचार लेखेकै कारण अनलाइनपानाका सम्पादकलाई दिए ज्यान मार्ने धम्की

12.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: अनलाइन पाना डटकमका प्रधान सम्पादक नारायण प्रसाद अधिकारीलाई ज्यान मार्ने धम्की आएको छ । समाचार लेखेकै आधारमा काठमाडौंमा रहेका अधिकारीलाई ज्यान मार्ने धम्की आएको हो । 

गत माघ ८ गते “ओलीको क्याबिनेटमा फरार अभियुक्त” भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि उनलाई फोन तथा फेसबुक म्यासेन्जर मार्फत लगातार धम्की आएको हो ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य समेत रहेका अधिकारीलाई पूर्व सांसद तथा नेकपाका नेता योगेन्द्र घिसिङले अश्लील गाली गलौचसहित धम्की दिएका हुन् ।

घिसिङ पूर्व संविधानसभा सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओली गुटका केन्द्रीय सदस्य समेत हुन् । उनको खण्डन छापिदिदाँ पनि पटक पटक धम्की दिएको अधिकारीले बताए ।

समाचार लेखेकै आधारमा अधिकारीलाई गरेको गालीगलौजको घटनाप्रति पत्रकार महासङ्घ काठमाडौँ शाखाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझेमा खण्डन गर्ने र कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै यस्तो कार्य गर्नुले पत्रकारलाई असुरक्षित बनाउनुका साथै प्रेस स्वतन्त्रतामाथि नै धावा बोलेको महासङ्घको ठहर रहेको नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका सचिव मोहन प्रसाद पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिम्मेवार निकाय र व्यक्तिबाट यस्ता कार्य गर्न कानुन विपरीत भएको पत्रकार महासङ्घ काठमाडौँ शाखाका उपाध्यक्ष सूर्य सुबेदीले बताए । उनले भने, ‘आगामी दिनमा स्वतन्त्र, निर्धक्कसाथ पत्रकारिता गर्ने वातावरण मिलाउन सम्बन्धित पक्षसँग माग गर्दछौँ’ ।

No description available.

ताजा अपडेट
सम्बन्धित समाचार