कांग्रेसको महाधिवेशनमा भाग लिन भारतबाट आए यी चार नेता

9.6k Shares
सम्बन्धित पार्टी

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन् । आजदेखि शुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिनका लागि छिमेकी मुलुक भारतबाट चार नेता काठमाडौं आइपुगेका हुन् ।

कांग्रेसका सहमहामन्त्री एवं महाधिवेशनका लागि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू काठमाडौं आइपुगेको जानकारी दिए ।

उनका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेका हुन् । अन्य देशका प्रतिनिधिहरुलाई समेत निम्ता गरिएको भए पनि कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण धेरै देशबाट प्रतिनिधि नआउने भएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार