काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । सभापतिका उम्मेदवारी दर्ता गरेपछि शनिबार साँझ धानमन्त्री देउवा पौडेललाई भेट्न उनको निवास बोहोराटारमा पुगेका थिए ।
पौडेलको सचिवालयका अनुसार भेटमा देउवाले उनलाई राजनीतिबाट बाहिर हुने कुरा नगर्ने आग्रह गरेका थिए । राष्ट्रका लागि पौडेलको आवश्यकता रहेको देउवाले भनेका थिए ।
आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट आफू बाहिरिएको पौडेले बताएका थिए । उनले देउवालाई स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए । पौडेलले १४ औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिएका छैनन् ।