कि म महामन्त्री हुन्छ, कि साधरण सदस्य मात्रै भएर बस्छु : गगन थापा

9.2k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा पुनः निर्वाचन हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन् ।

काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा। शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थापाले दोस्रो पटक पनि चुनाव हारे पार्टीको साधरण कार्यकर्ता भएर बस्ने घोषणा गरेका छन् । थापा १३औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेद्वार बनेर पराजीत भएका थियो । यसपटक सोही पदमा थापाले दोस्रो पटक उम्मेदवारी दिएका हुन् ।

‘कि म नेपाली कांग्रेसको महामन्त्री हुन्छु, चार बर्ष साँढे चार बर्ष पार्टी चलाउछु, त्यस्ले आगामी बाटो तय गर्छ, महामन्त्री हुन सकिने भने म नेपाली कांग्रेसको साधरण कार्यकर्ता मात्रै भएर बस्छु किन भने मैले परीषामा एकपटक उतिर्ण भईन, मैले परि साथीहरुको बीचमा त्यही कक्षामा परीक्षा दिन आइसकेपछि उतिर्ण भए मात्रै अडागि बढने हो । फेरि अनुतिर्ण भएँ भने त मैले यो भन्दा अगाडिको यात्राका लागि योग्य रहेनछु भन्ने बुझ्नु पर्छ,’ थापाले भने, ‘त्यसैले कि म महामन्त्री हुन्छ, कि साधरण सदस्य मात्रै भएर बस्छु, यो भन्दा अर्को बिकल्प छैन ।’

महामन्त्रीमा थापासँगै डा. मिनेन्द्र रिजाल, बिश्वप्रकाश कर्मा, प्रदीप पौडेल, डा. प्रकाश शरण महत र डा. राजाराम कार्की उम्मेदवार छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार