महोत्तरीको पिपरामा विद्यार्थीहरुले बुधबार पिपराचोकमा चक्काजाम गरेर प्रदर्शन गरे

7k Shares

महोत्तरीको पिपरा गाउँपालिका वडा ४  स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयका विद्यार्थीहरुले बुधबार पिपराचोकमा चक्काजाम गरेर प्रदर्शन गरेका हुन् ।


पिपरा गाउँ पालिकाका प्रमुख बिक्रम चौधरीले विद्यालयमा कुनै चासो नराखेको मात्र कमिसन र भ्रष्टाचारमा लिप्त रहेकाे विद्यार्थीहरुले गम्भीर अाराेप लगाउनुभएकाे छ ।

तीन महिना अघि एक कार्यक्रममा प्रमुख बिक्रम चौधरीले घाेषना गरेकाे कामकाज शिक्षामा लागु अहिलेसम्म नभएको  छ । अध्यक्ष चाैधरि मात्रै भाषणमा शिमित रहेकाे विद्यार्थीहरुले अाराेप लगाए ।

पिपरा गाउँपालिकामा पर्ने रामनारायण अयोध्या माध्यमिक विद्यालयमा शाैचालयमा ढाेका नभएको कारणले  छात्राहरूलाई समेत समस्या भएकाे उनिहरुले बताए । 
विद्यार्थीहरुकाे भनाइ अनुसार कक्षा काेठामा ढाेका, झयाल, समेत नरहेको र अध्यक्ष चाैधरिले दावि गर्दा अाइ रहेकाे तर विद्यालयमा कतै विकास भएकाे छ‌ैनन । 

विद्यालयमा जताततै फाेहर  र खाल्डा रहेको तापनि  सरसफाइ नभएको कारण र  विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ  । 

रामनारायण अयोध्या माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज ठाकुरलाई विद्यार्थीहरुले गुनासो गर्दा कुटपिट र धम्क्याउने प्रयास समेत गरेकाे अाराेप लगाए ।

विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका बताए । 
उनीहरुले विद्यालयमा नियमित रुपमा पठनपाठन हुनुपर्ने माग गरेका छन् ।


उनीहरु मात्र कमिसन र भ्रष्टाचारमा लिप्त छन् । यस्तोमा हाम्रो भविष्य अन्धकारमा धकेलिने खतरा रहेकाे  प्रदर्शनमा सहभागी भएका विद्यार्थीले दुख प्रकट गर्नुभयाे ।

गाउँपालिका प्रमुखले शिक्षामा कुनै किसिमको ठोस कार्यक्रम लागू नगरेकोले आफुहरुलाई बाध्यतावस आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले जानकारी दिनुभयो  । विरोध प्रदर्शनमा कक्षा ९ र १० मा अध्ययनरत दर्जनौं छात्र छात्राहरुको सहभागीता रहेको थियो ।

प्रधानाध्यापक मनोज ठाकुर, गाउँपालिकाका अध्यक्ष बिक्रम चौधरी, उपाध्यक्ष ननु कुमारी दास, शिक्षा शाखाका दुखरन चौधरीलगायत विद्यालय व्यवस्थापन समितिले समेत विद्यार्थीको पठनपाठनमा कुनै ध्यान दिईरहेका छैनन् ।
यसतर्फ कसैकाे चासाे नरहेको सबै भ्रष्टाचारमा लिप्त रहेकाे जिकिर गरेकाे छन ।

ताजा अपडेट
सम्बन्धित समाचार