एमालेले तोक्यो ७ प्रदेश अध्यक्ष,तुलसी न्यौपानेलाई प्रदेश ? अध्यक्षको जिम्मेवारी ?

17.4k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।

जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ । उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।

कसलाई के जिम्मेवारी?

प्रदेश १ मा तुलसी न्यौपाने अध्यक्ष, टीका चेम्जोङ उपाध्यक्ष चिन्तन पाठक सचिव र दुई उपसचिवमा धन तामाङ र शैलेश लामा चयन भएका छन्। 

प्रदेश २ मा रामअवतार यादव अध्यक्ष, रेवती पन्त उपाध्यक्ष, डा। कृष्ण पौडेल सचिव, फर्मुद नदाव र आरती भण्डारी उपसचिव भएका छन्। 

बागमती प्रदेश अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा रत्ना गुरुङ र महेश बर्तौला चयन भएका छन्।

​गण्डकी प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवमा क्रमशः नवराज शर्मा, मोहन रेग्मी, धनञ्जय दवाडी, मञ्जु अधिकारी र रश्मी आचार्य चयन भए। 

लुम्बिनी प्रदेशमा राधाकृष्ण कँडेल, भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राना र दुर्गा थारु चयन भएका छन्। 

कर्णाली प्रदेश अध्यक्षमा विनोदकुमार शाह चयन हुँदा उपाध्यक्ष, सचिव र उपसचिवद्वयमा लालबहादुर महतरा, कमल शाही, रुपा शाही र टेकराज पछाई चयन भएका छन्।

सुदुरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्ष कमल तिमिल्सिना, सचिव धर्मराज पाठक, सहसचिव बलदेव रेग्मी र भगिरथी योगी चयन भएका छन्।

यस्तै उपत्यका विशेष अध्यक्षमा प्रेमप्रसाद पराजुली चयन भएका छन्। उपाध्यक्षमा विदुर कार्की, सचिवमा समिर नेपाल, सहसचिवमा उर्मिला सुनुवार र चन्द्र रिजाल चयन भएका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार