झाँक्रीलाई तुरुन्त अविलम्व, निसर्त रिहाई गर्नुहोस् , रिहाई भएन भने यसको कडा प्रतिक्रिया हुने चेतावनी दिन चाहन्छुः वरिष्ठ नेता खनाल

11.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल समुहका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

प्रहरीले बिहीबार प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि नेता खनालले झाँक्रीलाई विनासर्त रिहा गर्न माग गरेका हुन् । 

 
'रामकुमारी झाँक्री हाम्रो पार्टीको होनाहार यूवा नेतृ हुनुहुन्छ । उहाँले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँ जस्तो नेतृलाई केपी शर्मा ओलीका पुलिसहरुले जुन ढंगले गिरफ्तार गर्ने काम गरेका छन्, यो घटना लोकतन्त्रका विरुद्ध अर्को सर्वनाक घटना हो,’ खनालले भने, 'यो घटनाको निन्दा र भर्त्सना गर्दछु । रामकुमारी झाँक्रीलाई तुरुन्त अविलम्व, निसर्त रिहाईको माग गर्दछु । यदि उहाँको त्यसरी रिहाई भएन भने यसको कडा प्रतिक्रिया हुने कुराको बारेमा पनि म चेतावनी दिन चाहन्छु ।’


झाँक्रीलाई यसरी पक्राउ गर्नु लोकतन्त्रविरुद्ध अर्को सर्मनाक घटना भएको खनालले बताएका छन् 

 

ताजा अपडेट
सम्बन्धित समाचार