काठमाडौं: बरिष्ठ नेता रामचन्द्र पौडेल र सभापतिका उम्मेदवार शेखर कोइरालाबीच भेटवार्ता भएको छ । सोमबार बिहान पौडेल र कोइरालाबीच बोहराटारमा भेटवार्ता भएको हो ।
सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाको समूहलाई पौडेल समूहले सहयोग गर्ने हल्लापछि शेखर त्यहाँ पुगेका हुन् । पौडेल निवासमा भएको उक्त भेटवार्तामा पौडेलले शेखरलाई तपाईले नै जित्नुहोस् भन्दै शुभकामना दिएका छन् ।
भेटमा पौडेलले नेतृत्व परिवर्तनको अहिलेको आवश्यकता रहेको भन्दै शुभकामना दिएको एक नेताले बताए । पौडेलले निर्वाचन प्रक्रियामा आफुले भाग नलिएपनि शेखरलाई नै समर्थन गर्ने बताएका छन् ।
यसपटकको महाधिवेशनमा सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।