नेकपा माओवादी केन्द्रको बैठक सिंहदरबारमा, बैठकमा संसदका एजेण्डाबारे छलफल

13.2k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा संसदका एजेण्डाका बारेमा छलफल हुने जनाइएको छ। संसद बैठक बस्नुअघि माओवादीले दलको बैठक बोलाएको हो।

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। संसद्का दुबै सदनको पहिलो बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ। पहिलो बैठकमा दुबै सदनमा अधिवेशन आह्वानको पत्रबारे जानकारी गराइने छ। यस्तै, अध्यक्ष मण्डल चयन पनि हुनेछ।

यस्तै, बैठकमा सरकारले अधिवेशन नभएको अवस्थामा ल्याएका ६ वटा अध्यादेश पेस हुनेछन्। यसबीचमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ र ‘सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, २०७८’ जारी भएका छन्।

त्यस्तै, ‘रेल्वे अध्यादेश, २०७८’, ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ जारी भएका छन्। सबै अध्यादेश दुबै सदनमा पेस हुनेछन्।

अधिवेशनमा यसअघिका आफ्ना एजेण्डालाई पुनः उठाउने प्रतिपक्ष दल नेकपा एमालेको तयारी छ। अध्यक्ष केपी शर्मा ओलीले पुराना माग यथावत रहेको जानकारी गराइसकेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार