पुराना एमालेहरू आफ्नो पक्ष रहेको अध्यक्ष नेपालको दाबी

8.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 तेह्रथुम: नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफू रहेको समूहभित्र नै वास्तविक एमाले रहने बताएका छन् ।
तेह्रथुममा आइतवार भएको पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले  प्रधानमन्त्री केपी ओलीले संसद् विघटनसँगै पार्टी तोडेपछि पुराना एमालेहरू आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । ओलीलाई, एमाले बनाउने को भनेर सोध्नुस् त उनलाई, कोअर्डिनेशन केन्द्र बनाउने को भनेर सोध्नुस् त उनलाई,’ नेपालले भने ।

उनले कम्युनिस्ट आन्दोलनको क्रममा एमाले निर्माणमा आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबी गरे । ‘ के भ्रम पैदा गरिरहेका छन् भने उनी आफू चाहिँ एमाले अरू सबै माओवादी । अनि एमाले, एमाले मिलौँ भनिरहेका छन्,’ अध्यक्ष नेपालले भने । ‘एमाले, एमाले मिल्ने हो भने केपी ओलीसँग मिल्ने होइन । उनी ‘बी’माले मात्र हुन्, ‘ए‘माले होइनन् । एमाले कतै छ भने जहाँ माधव नेपाल उभिएको छ त्यहाँ छ एमाले छ,’उनले भने ।

नेपालले सम्बोधन गर्ने क्रममा पार्टी एकतापश्चात् केपी ओलीले अरू नेताहरूलाई बैगुन गरेको आरोप समेत  लगाएका छन् । पार्टी एकताको बेला ओलीले प्रचण्डलाई भ¥याङको रूपमा प्रयोग गरेको उनले बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार