काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मन्त्री पदबाट राजीनामा बुझाएका छन् ।
उनको राजीनामा पत्रमा भनिएको छ- 'नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ । यस कुरालाई हृदयंगम गर्दा मैले रक्षा मन्त्री पदमा रही रहनु नैतिक रुपमा उपयुक्त हुन्न । तसर्थ रक्षा मन्त्री पदबाट राजीनामा दिएको छु ।'
