काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि जनतामा जाने निर्णय गरेका छन् ।
वर्तमान सरकार गठन भएको तीन वर्ष पुगेको छ । तीन वर्ष पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र संकटमा परेकाले रक्षाका लागि जनतामा जाने निर्णय गरेको बताएका हुन ।
लोकतन्त्रको रक्षाका लागि निर्वाचन घोषणागर्दा अलोकतान्त्रिक र प्रतिगमन भन्नु गलत रहेको ओलीले धारणा व्यक्त गरे । वर्तमान जनादेश गलत नरहेता पनि जनादेशबाट चुनिएकाहरु गलत रहेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।
ओलीले भने– ‘जनादेशबाट आएका पात्रहरु गलत भएका कारण नयाँ जनादेश र नयाँ व्यक्ति चयनका लागि निर्वाचन घोषणा गरिएको हो ।’ अबको निर्वाचनले नयाँ जनादेश र व्यक्ति चयन गर्ने भन्दै ओलीले निर्वाचन मात्र विकल्प रहेको बताएका हुन् ।