बुद्धिजीवी संगठन सिराहाको जिल्ला सम्मेलन सम्पन्न

18k Shares

सिराहा: नेपाल बुद्धिजीवी संगठन सिराहाको जिल्ला सम्मेलन सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवी संगठन सिराहाको शुक्रवार सम्पन्न सम्मेलनले रामलखन मण्डलको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो।

प्रदेश २ को प्रदेशस्तरीय बुद्धिजीवी सम्मेलनले राम लखन मण्डलको संयोजकत्वमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार सम्मेलनले प्रत्येक स्थानीय तहमा सम्मेलनको लागि संयोजक, सहसंयोजक र सदस्यहरूको समिति बनाउने निर्णय गरेको छ।

जिल्लाभरि प्रत्येक पालिकाको सम्मेलन सम्पन्न भइसकेपछि पुनः जिल्ला भेला गरेर जिल्ला स्तरीय समन्वय समिति बनाउने संगठनको तयारी रहेको जनाएको छ। संगठनको सिराहा सम्मेलनमा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, बुद्धिजीवी संगठनका राम कुमार यादव, बिन्देश्वर महतो, प्रदीप साह लगायतको उपस्थिति थियो।

ताजा अपडेट
सम्बन्धित समाचार