काठमाडौँः नेकपा (एमाले)का नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् । बान्नीगढी जयगढ गाउँपालिकामा एमाले कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
तर, कसैले पाखा लगाउन खोजेमा भने त्यसको परीणाम राम्रो नहुने उनले चेतावनी दिए । रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे ।
उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताए। लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको रावलले बताए ।