कपिलवस्तुमा आयोजना हुने एमालेको सभालाई ओलीले सम्बोधन गर्ने

10.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपिलवस्तुमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । 

सोमबार साँझ रुपन्देही पुगेका ओलीले मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका हुन् ।

एमाले पोलिटब्यूरो सदस्य लिला गिरीका अनुसार ओलीले पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी काठमाडौं फर्किने बताइएको छ ।

कपिलवस्तुका राजनीतिज्ञ मंगलप्रसाद गुप्ताको नेतृत्वमा ३ हजारभन्दा बढी एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको गिरीले बताए ।

विभिन्न पार्टीका कार्यकर्ताले एमाले प्रवेश गर्ने भनेर नाम टिपाइरहेको पनि उनले बताए ।

सोमबार रुपन्देही पुगेका अध्यक्ष ओली साँझ मणिग्राममा रहेको एक होटलमा बसेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार