फागुन १२ गते राष्ट्रिय विद्यार्थी संघको वृहत विद्यार्थी भेला हुने

11.8k Shares
सम्बन्धित पार्टी

काठमाडौंः देशकै वैकल्पिक पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले वृहत भेला गर्ने भएको छ । 
रावि संघको केन्द्रिय कार्यसमितिले काठमाडौंको कालिकास्थानमा गर्न लागेको भेलामा हजारौंको सङख्यामा विद्यार्थीहरुको उपस्थिति रहने राष्ट्रिय विद्यार्थी संघको केन्द्रिय अध्यक्ष मनिष मिश्रे बताए । भेलाको प्रमुख अतिथीमा पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर, विशिष्ठ अतिथीमा राजेन्द्र महतो र विशेष अतिथीमा सरदसिंह भण्डारी,अनिल कुमार झा,महेन्द्र राय यादव, राज किशोर यादव लगायतको उपस्थिती रहने बुझिएको छ । 
फागुन १२ गते हुन लागेको भेलामा वर्तमान राजनितिक सन्दर्भ एवंम् अगामि रणनितीबारे विषयहरु उठान हुने श्रोतले जनाएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्ध देशका ठुला शक्तिहरु हाल सडकमा रहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार