रवीन्द्र मिश्रलाई सिके राउतको प्रश्न, विचारभन्दा माथि देश कसरी हुन्छ?

14.7k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: जनमत पार्टीका अध्यक्ष सिके राउतले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक दस्तावेज ‘विचारभन्दा माथि देश’माथि प्रश्न उठाएका छन्। मिश्रले विचारभन्दा माथि देशको मार्गचित्र पार्टीमा लागू गराएका छन्। सोही विचारका कारण विवेकशील साझामा विग्रह भइरहेको छ।

जनमत पार्टीका अध्यक्ष राउतले पनि बिहीबार सामाजिक सञ्जालमार्फत विचारभन्दा माथि देश कसरी हुन्छ ? भन्दै मिश्रलाई प्रश्न गरेका छन्। देश विचारबाट जन्मेकोले विचारभन्दा माथि देश नहुने उनको भनाई छ। ‘विचारभन्दा माथि देश रे ! देश आफैंमा विचारबाट जन्मेको हो,’ राउतको भनाइ छ, ‘पहिला विचार आएको हो, अनि मात्रै देश। अनि विचारभन्दा माथि देश कसरी हुन्छ ?’

उनले अगाडि थपेका छन्, ‘देश के पृथ्वी उत्पत्ति हुँदाखेरि बनेर आएको थियो र ? कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।’ कुनै बेला पृथकतावादी आन्दोलन गर्ने राउत अहिले मधेस केन्द्रीत राजनीतिमा सक्रिय छन्।

Ck.jpg

 

ताजा अपडेट
सम्बन्धित समाचार