संविधान दुर्घटनामा पर्योः अधिवक्ता कार्की

13.7k Shares
सम्बन्धित पार्टी

काठमाडौंः प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान दुर्घटनामा परिसकेको धारणा व्यक्त गरेका छन् । 

संविधानको रक्षा गर्नुपर्ने राजनीतिक दलहरू नै आन्दोलनमा लागिरहेकाले संविधान रक्षा हुन नसकेको कार्कीले बताएका छन् । प्रतिनिधि सभा विघटन भइसकेको छ । संविधान जसले लागू गर्नुपर्ने थियो, उसैबाट हाम्रो संविधान दुर्घटनामा पर्‍यो । बाहिर मानिसहरू आफैं बोली रहेका छन् । यस्तो अवस्थामा इजलासमा बस्ने पाँच जना श्रीमानहरूले गर्ने निर्णय नै महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘संविधानको रक्षा गर्नुपर्नेहरू आन्दोलनमा लागेका छन् । सविधानको दुर्घटना भएको स्वीकारेका छन् । हामीले संविधान जोगाउन नसकेको हो । अहिले अदालतको सहारा खोजिएको छ ।’

संविधान निर्माणका क्रममा चार राजनीतिक दलबीच १६ बुँदे सहमति नहुँदासम्म सहमति हुन नसकेको स्मरण गर्दै कार्कीले भने, ‘संविधानको धारा ७४ मा संसदीय प्रणाली बहुलवादमा आधारित हुने भन्ने छ । साथीहरूबाट आएका कुरो संसदीय भन्ने कुरोमा कुनै अल्मलिनुपर्ने कारण देख्दिनँ । कार्कीसहित विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रुपमा बहस गर्दैछन् ।

ताजा अपडेट
सम्बन्धित समाचार