काठमाडौं: वैकल्पिक पार्टीबाट आशा गरिएकी युवा नेतृ रन्जु दर्शनाले विवेकशील साझा पार्टी छाडे पछी एमालेमा प्रवेश गर्ने पक्कापक्की जस्तो भएको बुझिएको छ ।
वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएको बताउदै रन्जुले बिहीबार अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी घोषणा गरेकी हुन् ।
२०७४ सालको स्थानीय चुनावमा काठमाडौंको मेयरकी उम्मेदवारसमेत रहेकी उनले पत्रमा भनेकी छिन् ।
‘वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ।
तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ।’
नेतृत्वका कारण राजनीतिमा आउन चाहने नयाँ पुस्तालाई समेत विश्वासको संकट उत्पन्न भएको उनको भनाइ छ ।
उनले अगाडि भनेकी छिन्, ‘संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्घन्दित बनाएर भइरहेका सम्पूर्ण कदम , व्यवहारले अगामी दिनका नयाँ पुस्तालाई समेतनवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ।’
श्रोतका अनुसार उनी नेकपा एमालेमा प्रबेश गर्ने तयारीमा छिन् । यस विषयमा छलफल भईरहेको बुझिएको छ ।