माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र)बीच एकता

17.7k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ ।

शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् ।  नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र सम्वादपछि उक्त एकता भएको प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 1-2-690x1024.jpg

2-2-768x643.jpg

ताजा अपडेट
सम्बन्धित समाचार