जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दर्जनौँ गाडी तोडफोड, यस्तो छ झडपको कारण !

16.7k Shares
सम्बन्धित पार्टी

कठमाडौं :  सिरहामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । 

इलाका प्रहरी गोलबजार सिराहका अनुसार  हिंसात्मक प्रदर्शन भएपछि सो प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडप भएको हो । 

किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको आमहड्तालको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ता तोडफोडमा उत्रेका छन् ।

बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौँ गाडी तोडफोड गरेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार झडपलाई नियन्त्रणमा लिन एक राउन्ड अश्रुग्याससमते प्रहार गर्नुपरेको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार