प्रधानमन्त्री ज्यू एकचोटी एमसीसी राम्रोसंग पढ्नुस् :भीम रावल

10.4k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: नेकपा एमालेका नेता भीम रावलले एमसीसी राष्ट्रघाती छैन भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति आपत्ती जनाएका छन्। नेता रावलले प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले एमसीसीबाट आउने रकमलाई ‘सित्तैमा आएको’ भन्‍नु जनता ठग्‍ने लज्जास्पद अभिव्यक्ति भएको बताएका छन्।

नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको स्पष्ट पारेका थिए। उनले भ्रम हटाउन एकचोटी एमसीसी पढ्न सबैलाई आग्रह गरेका थिए।

उनले मूल सम्झौतासँग आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको दावी गरेका हुन्।

उनले ट्वीटमा भनेका छन्,’ मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तर्गत आउन रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति ! यस्तो कुरा नेपाल सार्वभौम स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्न सक्दैन।’

bhim-rawal-1024x415.jpg

 

ताजा अपडेट
सम्बन्धित समाचार