अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आजदेखि छलफल

11.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमाथी आजबाट छलफल हुँदै छ । प्रतिवेदन छलफलका लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ ।

प्रदेश अनुसार विभाजन गरिएका यी समुहको छलफल प्रज्ञा भवनका विभिन्न हल एवं पार्टी मुख्यालय पेरिस डाँडामा हुनेछ ।

माओवादी महाधिवेशनको दोस्रो दिन हिजो दाहालले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठको वैचारिक एवं राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ ।

यस्तै, वैचारिक अस्पष्टता हुँदा नेपालमा कम्युनिष्ट आन्दोलनलाई क्षती पुगेको दाहालको ठम्याई छ । दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा तीन वटा गल्ती गरेको स्वीकार्दै आत्मसमीक्षा गरेका छन् ।

पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव, मनमा विद्रोहको नीति लिनुलाई उनले पहिलो गल्ती ठानेका छन् । सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु, प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि दाहालले आफ्नो गल्ती ठम्याएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार