आफ्नै थुतुनोले नाक काटे नारायणकाजी श्रेष्ठले, नांगियो असली रुप!

11.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: संसद विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड नेपाल समूहले केही दिनअघि विदेशी गुहार्यो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग छलफल गरेर प्रधानमन्त्री केपी ओलीविरुद्ध आफ्नो आन्दोलनमा समर्थन माग्यो । ओली सत्ता ढालेर आफू सत्तामा जान प्रचण्ड र माधव नेपालले विदेशीलाई सार्वजनिक आह्वान गरे । जसको चौतर्फी विरोध भयो । सत्ता र आन्दोलनका लागि विदेशी सहयोग समर्थन माग्नु राष्ट्रहित विपरित भएको भनेर विरोध भयो ।

यसरी खुलेयाम अन्तर्राष्ट्रिय समर्थन चाहियो भन्दै भारत अमेरिका बेलायत चीनसँग समर्थन मागेको प्रचण्ड नेपाल समूहको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । श्रेष्ठ सो समूहका आन्दोलन कमाण्डर हुन् । आफै कमाण्डर रहेको आन्दोलनका लागि विदेशी समर्थन माग्ने तिनै नारायणकाजीले आज विदेशी हस्तक्षेप बढेको भनेर द्वैध चरित्र देखाएका छन् ।

आफ्नो थुतुनोले आफ्नै नाक काटेका छन् अर्थात नैतिकता छाडेर द्वैध कुरा गरेका छन् । आफैं विदेशी गुहार्ने नारायणकाजी सरकारको विरोध गर्न अरु कुनै कुरा नभएपछि विदेशीलाई आमन्त्रण गरेको आरोप लगाएका छन् । इतिहासमा पहिलोपटक कालापानी लिम्पियाधुरा समेटेर नक्सा निकाल्ने राष्ट्रवादी सरकारलाई साइड लगाउन खुलेयाम विदेशी गुहार्ने समूहका नारायणकाजीले आफ्नै कुरा काट्नेगरी बोलेका छन् ।

उनले वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको तर्क गरेका छन् । हस्तक्षेप सरकारका कारण बढेको भनेका छन् । तर उनकै समूहले विदेशीसँग समर्थन मागेको तथ्य उनी बिर्सिएका छन् ।

नारायणकाजीले बुधबार सामाजिक सञ्जालमा सत्तास्वार्थका कारण निरंकुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको आरोप लगाएका छन् ।

'विदेशी शक्तिहरू कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्,' उनले भनेका छन्, 'सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔं। प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं। राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं।'

 

ताजा अपडेट
सम्बन्धित समाचार