राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

11.3k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस १ नेपाली कांग्रेस मूख्यालयले कुनै औपचारिक कार्यक्रम नराखे पनि जिल्ला तथा स्थानीय स्तरमा राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै छ ।

त्यस्तै, अवसरमा बिपी संग्राहलयमा बिपी कोइराला, गणेशमान सिंहलगायत नेताका शालिकमा माल्यार्पणको कार्यक्रम रहेको जनाइएको छ ।

दिवस नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ।

नेपाली कांग्रेस हरेक वर्ष विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै आएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइन्छ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले वीपी कोइरालाको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि २०२५ सालसम्म जेलमा रहेका वीपी कोइरालालगायतका नेताहरु रिहा भएपछि भारत प्रवासमा गएका थिए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकैबीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।

बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति ९राजनीतिक दल० र राजशक्ति ९राजा० मिल्नुपर्ने धारणा राखेका थिए।

ताजा अपडेट
सम्बन्धित समाचार