यी नेताले खोले माओवादी केन्द्रमा पहिरो जानुको कारण !

9.7k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ: नेकपा एमालेका नेता विशाल भट्टराईले प्रचण्डको कारण माओवादी केन्द्रमा पहिरो नरोकिएको बताएका छन् ।

पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले भने, “नेकपा माओवादी केन्द्र मा ३५ वर्षदेखि लगातार एउटै व्यक्ति नेतृत्व छ ।
प्रचण्डलाई चुनौती दिन खोज्ने नेता कार्यकर्ता बहिष्करणमा पर्दै आएका छन् ।

हामीले नारायणकाजी श्रेष्ठलाई मन खुम्च्याएर बसेको देखिरहेकै छौं । प्रचण्डले कागजी रुपमा आकर्षक कुरा गरेर अलमलाउँदै आउनुभएको छ ।

अब लामो समयसम्म ढाँट्न सकिँदैन । प्रचण्डको प्रवृत्ति सप्रेन भने माओवादी केन्द्रमा पहिरो जान रोकिँदैन ।”

संवैधानिक बाध्यताका कारण माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा बदलेको उनले बताए ।

उनले भने, “माओवादीमा नेतृत्व परिवर्तन, महाधिवेशन भन्ने अहिलेसम्म देखिएको थिएन । काग्रेसले पनि संवैधानिक बाध्यताका कारण म्याद थप्दै गएर बल्ल महाधिवेशन गरेको छ ।”

अन्य बुर्जुवा पार्टीलाई उछिनेर माओवादी नेताहरुले विलासी जीवन बिताइरहेको एमाले नेता भट्टराईको आरोप छ ।

उनले थपे, “जनयुद्धको धारबाट आएको कम्युनिस्ट पार्टीमा व्यक्ति मोटाउने, पार्टी कमजोर हुने अवस्था छ ।

सर्वहारा र कम्युनिस्टका नाममा सरकारी र निजी स्रोत र साधान कब्जा गर्ने व्यापारी र निर्माण व्यवसायीसँग चन्दा उठाएर व्यक्ति मोटाउँदै गएका छन् ।”

आफूलाई जनताभन्दा धेरै माथि देखाउने र तडकभडक देखाउने पार्टीले यसरी माओवादीले जनताको मन जित्न सक्दैन ।”

उनले माओवादी केन्द्रसँग सहकार्य र एकताको ढोका सम्पूर्ण रुपमा बन्द नभएको बताए । उनले भने, “राजनीतिमा असम्भव केही छैन ।

तर एक चुनावमा कडा प्रतिस्पर्धा नभई सहकार्य हुने देख्दिनँ । किनभने प्रचण्डलाई नेतृत्व नभई हुँदैन । सबथोक उहाँलाई नै चाहिन्छ ।

नेकपाको एकता बच्न नसक्नुको कारक उहाँ नै हो । उहाँको बाटो उल्टो छ । तत्काल सहकार्य सम्भावना छैन ।”

एमाले नेता भट्टराईले नेकपा एमालेको मुद्दाको सम्बोधन भए एक मिनेट पनि संसद् अवरोध नहुने बताए ।

उनले थपे, “हामी आफैंलाई भएको अन्यायको विरुद्ध लडेका हौं । रहर लागेर संसद् अवरोध गरेका होइनौं । तर चुपचाप लुरुलुरु संसदमा जान सक्दैनौं । त्यसमा प्रधानमन्त्री र सभामुखले अग्रसरता लिनुपर्यो ।”

ताजा अपडेट
सम्बन्धित समाचार