प्रचण्डको प्रतिवेदनलाई बोइलर कुखुराको मासुसंग तुलना गर्दै नेता कालिबहादुर मल्लले दिएको कथात्मक प्रस्तुति यस्तो छ !

9.7k Shares
सम्बन्धित पार्टी

काठमाडौँ: सत्तारुढ दल नेकपा माओवादी केन्द्रको ८ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ । पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रस्तुत गरेको राजनितीक प्रतिवेदन उपर छलफल पनि बेजोड चलिरहेको छ ।

प्रचण्डले सम्रग राष्ट्रिय राजनितीनै कोल्टे फर्ने गरि आफुले प्रतिवेदन ल्याएको दाबी गरे पनि केहि नेताहरुले कसिलै सँग फरक मत राखेको छन् । बन्दसत्रहल भित्रै रहको एक माओवादी नेतालेले प्रचण्डको प्रतिवेदनलाई बोइरलर कुखुरा सँगै तुलना गरिदिएका छन् ।

माओवादी केन्द्रका नेता कालिबहादुर मल्लले प्रचण्डले ल्याएको प्रतिवेदनलाई बोइलर कुखराको मासु र रक्सीसँग तुलना गरेका छन् । निकै घत लाग्दो कथा सुनाउँदै नेता मल्लले प्रचण्डको प्रतिवेदन उपर यस्तो टिप्पणी गरेका हुन् । सिधा शब्दमा नभनी उनले कथात्मक प्रस्तुतिले प्रचण्डको प्रतिवेदन उपर कडा टिप्पणी गरेका छन् ।

कालिबहादुरले सुनाएको कथा यस्तो छ एकादेशमा एउटा राजा थियो, उसले चढ्ने घोडा थियो। तर त्यो घोडा ढिलो र अल्छी थियो। राजाकै देशमा एकजना मान्छे पनि थियो। जो एकदमै चर्चित थियो। उसले भन्थ्यो, ‘म जोसँग संगत गर्छु, सात दिनमा त्यसबारेमा, सबै थाहा पाउँछु।’

त्यसपछि अल्छे घोडाबाट दिक्क राजाले भनेछत्यसो भए यो घोडाबारे पत्ता लगाऊ भनेर उसैलाई जिम्मा दियो।त्यो मान्छेले ७ दिनसमम घोडालाई आफूसँग राखेर राजालाई भेट्न गयो।अनि राजाले उसलाई सोधेछ- के पत्ता लगायौ त यो घोडाबारेमा?

उसले जवाफ दियो, यो घोडाको नस्ल (जात) नै होइन।त्यसपछि राजा घोडा किनेको ठाउँमा गयो, यो त घोडाको नश्ल नै होइन भन्ने आयो कुरा के होरुअनि उसले जवाफ पाएछ९घोडा त घोडा हो तर यो गाईको दूध खाएर हुर्किएको हो हजुर, सानैमा उसको आमा बितेको भएर।

त्यसपछि राजा दरबार फर्किएर त्यही मान्छेलाई सोध्यो९ तिमीले के कारणले घोडाको नश्ल होइन भन्यौरु त्यो मान्छेले जवाफ दियो, ‘किनकि यसको घाँस खाने तरिका गाईको जस्तै छ।’
घोडाबारे जवाफ पाइसकेपछि राजाले अर्कोपटक आफ्नी रानी उसलाई जिम्मा लगायो। घोडाको जस्तै रानीबारे पनि पत्ता लगाउन समय दियो।

७ दिन माहारानीसँग नजिक रहेर बसेको त्यो मान्छेले आएर राजालाई भन्यो, यिनी राजखानदानकी छोरी होइनन्।’ त्यसपछि राजा ससुरालीमा सोध्न गयो, 'त्यस्तो भव्य बिहे गर्यौँ त राजखानकी छोरी होइन भन्ने आयो, वास्तविकता के हो? सासुससुराले जवाफ दिए हतार हतार भयो, तपाईंले पनि उनैलाई मन पराएँ भन्नुभयो। उनी खास हाम्री छोरी होइनन्, अस्पतालबाट ल्याइएकी हुन्।

त्यसपछि राजा दरबार फर्किए।उनले फेरि त्यही मान्छेलाई सोधे, तिमीले यस्ता कुरा कसरी थाहा पायौरु त्यो मान्छेले जवाफ दियो, कर्मचारीलाई गालीगलौज र हप्कीदप्की गर्ने महारानीको तरिका सामान्य गाउँले महिलाको जस्तो छ।

त्यसपछि राजाले अब मसँग ७ दिन बस र मेरोबारे बताऊ भने। त्यो मान्छे राजासँग बसेर सात दिनपछि भन्यो, ‘तपाईँ राजाको सन्तान होइन।’ त्यसपछि राजा बाआमालाई सोध्न गयो, म राजखानदानको होइन ? बाआमाले भने- हो, तिमी अस्पतालबाट ल्याइएका हौ, कसैको जुम्ल्याहा सन्तान जन्मिएको रहेछ, अनि हामीले तिमीलाई ल्यायौँ।

राजा फेरि त्यो मान्छेकहाँ गएर सोध्यो- तिमीले यस्ता सबै कुरा कसरी थाहा पाउँछौँरु उसले जवाफ दियो- खास राजाले यस्ता रक्सी, ब्रोइलर कुखुराको मासु उपहार दिँदैन। महङ्गा हिरामोति जहवारत उपहार दिन्छ। तपाईंले मलाई लोकल रक्सी र ब्रोइलर कुखुराको मासु दिनुभयो।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि विभिन्न कोणबाट आलोचना भइरहेका बेला मल्लले पनि राजाको कथा सुनाउँदै कटाक्ष गरेका हुन्। मल्लले सुझाव दिने क्रममा सुरुमै अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनप्रति संकेत गर्दै त्यसलाई ब्रोइलरको संज्ञा दिएका हुन्।

ताजा अपडेट
सम्बन्धित समाचार