लिखित जवाफसहित सर्वोच्च पुगे ओली 

10.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दाको लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । 

पुस ५ गते गरिएको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहेको अवस्थामा संवैधानिक एजलासलाई 'तमासा' भनेका थिए । भने, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन हुने गरेर बाजे वलिलको संज्ञा दिएका थिए । 

प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए । 

उक्त मुद्दामा गत माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोहि आदेश बमोजिम आज प्रधानमन्त्री ओली जवाफसहित सर्वोच्च पुगेका हुन् ।

ताजा अपडेट
सम्बन्धित समाचार