काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बोर्डका सीईओ धनञ्जय रेग्मीमाथि आक्रोश पोखेका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको बताए ।
उनले रक्सीको तालमा रहने मानिसलाई सीईओ बनाउँन नहुने र यस्तो भएमा संस्था डुब्ने पनि बताए । इमान बेचेर आफु कुर्सीमा नबस्ने बताउदै आलेले रेग्मीले गाडी बेचेर आफ्नो इमान किन्न खोजेको बताए ।
उनले भने - 'त्यस्ता मान्छेलाई सीईओ बनायौँ भने संस्था चल्छ ? सदस्यहरूले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाईँ आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खान भन्ने, त्यस्ता सीईओ बनाएपछि संस्था चल्छ ?'
उनले रेग्मीलाई चेतावनी दिदै आफ्नो इमान किन्ने सपना नदेखे पनि हुन्छ पनि भने । उनले भने - 'चार वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म किन्छु भनेर सोच्यो होला, त्यो सपनामा पनि नसोचे हुन्छ ।'