प्रतिनिधि सभाको बैठक स्थगित

11.3k Shares

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको हो ।  सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ । 

संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११ः३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाएका थिए ।

संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार