डा शेखर कोइरालाले दिल खोलेर गरे एमसीसीको तारिफ,भने- 'एमसीसी पास गर्नुपर्छ, कुनै नोक्सान हुदैन'

11.9k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एमसीसीलाई लिएर अगाडि बढ्दा नेपालाई नोक्सान नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान अन्तर्वार्तामा कोइरालाले आफूलाई पार्टिको दोस्रो वरीयतामा राख्नुपर्ने कुरा घुमाउरो भाषामा बताए ।

नेता कोइरालाले केन्द्रीय सदस्यमा मनोनीत १० जनाको विषयमा असन्तुष्टि जनाएका छन् । दश जनामध्ये ५ जना पराजितहरूलाई केन्द्रीय सदस्य बनाएको भन्दै असन्तुष्टि जनाए ।

केन्द्रीय सदस्यमा मनोनीत गरेर सभापति शेरबहादुर देउवाले गुटको विजारोपण गरेको आरोप लगाए । उनले चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, महेश आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने माग गरेका छन् ।

रामचन्द्र पौडेल, शशांक कोइराला र सुजाता कोइरालाका कारण आफू सभापतिमा पराजित भएको उनले बताएका छन् ।

उनले भने, ‘मैले मेरो भाइ र बहिनीलाई मिलाउन सकिन । पराजित भएँ । मेरो भाइ र बहिनीले वीपी कोइरालाले मेरो बुबा केशव कोइरालालाई पठाएको पत्रको मर्म बुझेनन् ।’

नेता कोइरालाले राष्ट्रिय सभाको निर्वाचनमा टिकट वितरण गर्न पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् । उनले घुमाउरो भाषामा राष्ट्रिय सभाको निर्वाचनमा भाग खोजेका छन् ।

प्रदेश नं. २ को अधिवेशनमा आफ्नो समूहका नेताहरूलाई बुझाउन नसक्दा विमलेन्द्र निधिको सभापतिको उम्मेदवारलाई साथ दिएको कोइरालाले बताएका छन् ।

उनले भने, ‘मैले मेरा नेताहरूलाई मनाउन सकिन । विमलेन्द्र निधिजीको सभापतिको उम्मेदवार रामसरोज यादवजीलाई समर्थन गरेका हौँ ।’

ताजा अपडेट
सम्बन्धित समाचार