लिखित जवाफ पेश गरेर फर्किए ओली

10.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली जवाफ पेश गरेर बाहिरिएका छन् । 

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्की तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

सोही आदेश अनुसार प्रधानमन्त्री लिखित जवाफ लिएर आज आफैं अदालत उपस्थित भएका थिए । उनी जवाफ पेश गरेलगत्तै अदालतबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओली अदालत आउने भएकाले अदालत परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाईएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार