विद्यार्थी लुट्ने मेडिकल कलेजलाई एक्कासी लाग्यो ठुलो झड्का, गृह मन्त्रालयले जारी गर्यो यस्तो निर्देशन !

8.6k Shares

काठमाडौं: गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कारबाही गर्न १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई निर्देशन दिएको छ ।

मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क बुझाउन विद्यार्थीहरूलाई दबाब दिइरहेको भन्ने गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

अतिरिक्त शुल्क नबुझाए पठनपाठनसमेत गर्न नदिने मेडिकल कलेजहरूले धम्की दिने गरेको गुनासा विद्यार्थीहरूको छ ।

मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई गृहले पत्र पठाएर उक्त निर्देशन दिएको छ ।

‘जिल्लामा सञ्चालित मेडिकल कलेजहरूले विद्यार्थीसँग कानुन विपरीत अतिरिक्त शुल्क लिएरनलिएको बुझी लिएको पाइएमा त्यस्ता कलेजहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गर्न र सो को प्रतिवेदन मन्त्रालयमा पठाउन आदेशानुसार अनुरोध छ,’ गृहले पठाएको पत्रमा भनिएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार