जनमत पार्टीका कार्यकर्ता माथि प्ररहरीले ताकी ताकी चलाए गोली, करिब आधा दर्जन घाइते

9.7k Shares
सम्बन्धित पार्टी

धनुषा: धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा जनमत पार्टीले गरिरहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा करिब आधा दर्जन घाइते भएका छन् ।

प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह घाइते भएका छन् । घाइतेमध्ये वैजनाथको टाउकामा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।

डिएसपी बस्नेतका अनुसार घटनामा परि दुई प्रहरी घाइते भएका छन् । 

घाइते प्रहरी जवान विवेक कुमार साह र नारायण चौधरीको उपचार भइरहेको बस्नेतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जीतेन्द बस्‍नेतका अनुसार प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्‍याँस प्रहार गरेको हो ।

पहरीले अवरूद्ध सडक खुलाउन पटक पटक आग्रह गर्दा पनि उनीहरूले नमानेपछि प्रहरीले बल प्रयोग गरेको डीएसपी बस्‍नेतले जानकारी दिए ।

ताजा अपडेट
सम्बन्धित समाचार