काठमाडौं: सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बैठक बोलाइएको हो। गठबन्धनको बैठक आज बिहान राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न बस्न लागेको हो।
यसबारे प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ। केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन।
यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो। तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित भएको थिएन।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चा रहेका छन्।