कांग्रेस र माओवादीलाई जिल्ल पार्दै १२९ जनाले गरे एमालेमा प्रवेश

11.5k Shares
सम्बन्धित पार्टी
यो पनि

प्यूठान : प्यूठानको सरूमारानीमा कांग्रेस र माओवादीका १२९ जना एमाले प्रवेश गरेका छन् । आइतबार सरूमारानी गाउँपालिका-६ किमिचौर, प्यूठानमा आयोजित पार्टी प्रवेश तथा वडा जनसभा कार्यक्रममा पाङकोट, पाङवाङ, रज्जे, गोद्धारा, जुकेपानीलगायत गाउँबाट १२९ जना माओवादी केन्द्र र एक जना नेपाली काँङग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

नव प्रवेसीहरुलाई एमालेका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरि रिजाल र पार्टी जिल्ला अध्यक्ष तुल्सीराम शर्माले स्वागत गर्नुभएको थियो ।

एमाले प्रति जनताको आकर्षण बढ्दै गएको र सिंगो जिल्लाभरमै प्रवेशको कार्यक्रमलाई तिब्रता दिईने योजना रहेको पोलिटव्युरो सदस्य सूर्य थापाले बताएका छन् । एमालेको देशव्यापी पार्टी प्रवेशको कार्यक्रम चलिरहेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार